सन्दिपले सीपीएल गुमाउने !

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले आसन्न क्यारेवियन प्रिमियर लिग गुमाउने संभावना निकै प्रबल बनेको छ ।

नेपालले पीएनजीसँगको मैत्रीपुर्ण एकदिवसिय र ओमान र अमेरीका सम्मिलित त्रिकोणात्मक सिरिजका कारण सन्दिप क्यारेवियन प्रिमियर लिग खेल्न जान पाउने संभावना निकै न्यून बनेको छ ।

क्यारेबियन प्रिमियर लिग अगष्टको २६ देखि सेप्टेम्बर १५ सम्म हुने तय भएको छ । यहि समयमा नेपालले विदेशी भूमीमा सिरिज खेल्दैछ ।

जसका कारण उनको सीपीएल खेल्ने संभावना कम छ । ट्रिनबागो नाइट राइडर्सले सन्दिपलाई अनुबन्ध गरेको थियो । तर त्यहि समयमा नेपालको खेल पर्ने हुँदा उनी जान पाउने छैनन् ।

नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसिय खेल खेल्नेछ । जुन सेप्टेम्बर पाँच र आठ तारिखमा हुनेछ ।

त्यो सकिएपछि नेपालले अमेरीका र ओमानसम्मिलित विश्वकप क्रिकेट लिग टु खेल्नेछ । सो प्रतियोगिता सेप्टेम्बरको दोस्रो साताबाट सुरु हुनेछ ।

दुबै सिरिजका लागि नेपाली टिम अगष्ट २४ मा ओमान जाने संभावना छ । नेपाली टिमको मुख्य स्पिनरका हिसावले सन्दिपपनि टिमसँगै जानेछन ।

नेपाली टिमको ओमान भ्रमण सकिँदासम्म सीपीएल क्रिकेट सम्पन्न भइसकेको हुनेछ । त्यसैले यो बर्षको सीपीएल सन्दिपले खेल्न नपाउने भएका छन ।

अब सन्दिपले विदेशी फ्रेन्चाइजी लिग खेल्नका लागि केहि समय कुर्ने पर्ने हुन्छ । किनकी यसअघि पनि उनी द हन्ड्रेड खेल्नका लागि बेलायत पुग्दा अन्तिममा क्वारेन्टिन बसेर फर्किनुपरेको थियो । त्याे अगाडी पाकिस्तान सुपर लिगका लागि पनि उनी गएपनि अन्तिममा स्थगित हुँदा क्वारेन्टिन नै बसेर फर्किनु परेकाे थियाे ।

बेलायतमा नै सन्दिपले खेल्ने भनेकाे टी-२० ब्लास्टमा भिषाका कारण जान पाएका थिएनन् । अब सन्दिपले नेपालमा नै हुने एभरेष्ट प्रिमियर लिग खेल्नेछन । जसमा उनले काठमाडाै‌ किङ्गसकाे कप्तानी गर्ने पक्का भइसकेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest