महिला विश्वकपको छनोट जिम्बावेमा हुने

न्युजिल्याण्डमा हुने आइसीसी महिला विश्वकप क्रिकेटको छनोट खेल जिम्बावेमा हुने भएको छ ।

आइसीसीले सार्वजनिक गरेको मिती अनुसार प्रतियोगिता जिम्बावेमा नोभेम्बर २१ देखि डिसेम्बर ५ सम्म हुनेछ ।

प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरेको छैन । छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन । जसमा तीन टिमले विश्वकपमा स्थान बनाउनेछन ।

न्युजिल्याण्डमा आयोजना हुने महिला विश्वकप २०२२ को मार्च ४ देखि अप्रिल ३ सम्म हुनेछ ।

यो विश्वकपमा अहिलेसम्म पाँच देशले सोझै स्थान बनाइसकेका छन ।

जसमा अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण अफ्रिका र आयोजक न्युजिल्याण्ड छन ।

१० टिमको सहभागिता हुने विश्वकपमा ५ टिमको सहभागिता निश्चित भइसकेको छ भने तीन टिम छनोटबाट र बाँकी दुई टिम आइसीसी वमन्स च्याम्पियनसिपबाट आउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest