एभरेष्ट प्रिमियर लिगको नेपालमा प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने

आसन्न एभरेष्ट प्रिमियर लिगको नेपालमा प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ । यस्तै डिजिटलको प्रशारण अधिकार ओएसआर स्पोर्टसले पाएको छ ।

सेप्टेम्बर २५ देखि अक्टोबर नौ सम्म हुने प्रतियोगिताका लागि एभरेष्ट प्रिमियर लिगले हिमालय टिभीसँग प्रत्यक्ष प्रशारणका लागि सम्झौता गरेको छ ।

केहि दिन अगाडीसम्म एक्सन स्पोर्टसले यसको प्रत्यक्ष प्रशारण गर्ने भनिएपनि विहिबारमात्र हिमालय टिभीसँग टुंगो लागेको हो ।

६ टिमको सहभागिता रहने प्रतियोगितामा यसपटक केहि स्टार विदेशी खेलाडी पनि आउने भएका छन ।

जसमा पाकिस्तानी खेलाडी शाहिद अफ्रिकी, श्रीलंकन पूर्व कप्तान दिनेश चन्डीमालले खेल्नेछन ।

इपीएलको अन्तराष्ट्रिय प्रशारणको अधिकार वान स्पोर्टसले गर्नेछ । त्यहि फिडलाई हिमालय टिभी र आएसआरले तान्ने छ ।

प्रतियोगितामा भैरहवा ग्लाडियटर्स, विराटनगर वासिरयर्स, चितवन टाइगर्स, काठमार्डौ किंग्स, ललितपुर प्याट्रियोट्स, पोखरा राइनोजको सहभागिता हुनेछ ।

यो पटकको इपीएलमा काठमाडौंको कप्तानी सन्दिप लामिछानेले गर्नेृछन भने भैरहवाको कप्तानी शरद र चितवनको कप्तानी सोमपाल कामीले गर्ने पक्का भइसकेको छ । बाँकी टिमले यो सिजनको इपीएलमा आफ्नो कप्तानको घोषणा गर्न बाँकी रहेका छन ।

यो पटकको इपीएलको पुरस्कार राशीमा पनि बृद्धी हुने भनेपनि कतिसम्म हुने भन्ने बारेमा आयोजकले चाँडै सार्वजनिक गर्ने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest