आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टिमको घोषणा, गुल्सन झा पहिलाे पटक टिममा

ओमानमा हुने आइसीसी विश्वकप लिग टु अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा गुल्सन झा पहिलाे पटक टिममा परेका छन ।

काठमाडौंमा भएको मेयर्स कपमा नेपाल पुलिस क्लवबाट खेलेर राम्रो प्रदर्शन गरेका गुलसनलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोर पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट करियरबाट सन्यास लिएपछि बन्द प्रशिक्षणमा बोलाएका थिए । तिब्रगतिका बलर गुलसनले क्याम्पमा पनि राम्रो गरेकाले उनले पहिलो पटक एकदिवसिय टिममा मौका पाएका हुन ।

यसका साथै कुशल भुर्तेल, आशिफ शेखले पनि पहिलो पटक एकदिवसिय टिममा मौका पाएका छन । यसपटक १७ जना खेलाडी ओमान भ्रमणमा जानेछन । जसमा यसअघि क्याम्पमा रहेका १९ खेलाडीमा कमलसिंह ऐरी र साहब आलमले स्थान बनाउन सकेनन् ।

नेपालमा नै भएको थ्रि नेशन्स कपमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल र आशिफ शेखले पहिलो एकदिवसिय टिममा स्थान बनाएका हुन । नेपाली टिम यहि आठ गते ओमान प्रस्थान गर्नेछ । त्यहाँ पुगेर केहि दिन प्रशिक्षण गरेपछि नेपालले पीएनजीसँग दुई वटा एकदिवसिय सिरिज खेल्नेछ । जुन सेप्टेम्बर ५ र ८ तारिखमा हुनेछन ।

त्यसपछि नेपाली टिमले त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान र अमेरिकासँग सिरिज खेल्नेछ । यसपटकको टिममा रोहित पौडेल, पवन सराफ र शरद भेषवाकरले पनि लामो समयपछि कमब्याक गरेका छन ।

यस्तै चोटका कारण घरेलु मैदानमा भएको टी २० कप गुमाएका सोमपाल कामीपनि टिममा फर्किएका छन । यस्तै अर्का बलर विक्रम सोबले पनि एकदिवसिय टिममा पहिलो पटक स्थान बनाएका छन ।

नेपाली टिम
ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकार, विक्रम सोव

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest