अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाहकाे पुनर्नियुक्ति

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)को अध्यक्षमा अजिजुल्लाह फाजलीले पुनर्नियुक्ति पाएका छन् ।

उनी सन् २०१८ मा एक वर्ष बोर्डको अध्यक्ष बनेका थिए ।

निर्वाचित सरकारलाई हटाएर तालिवानले सत्ता कब्जा गरेपछि पहिलोपल्ट क्रिकेट बोर्डमा नेतृत्व हेरफेर गरिएको हो ।

फाजलीले यसअघि एक कार्यकाल एसीबीको अध्यक्ष भइसकेका छन् । तत्कालीन अध्यक्ष अतिफ माशलले राजीनामा गरेपछि सन् २०१८ को सेप्टेम्बरमा उनी अध्यक्ष बनेका थिए ।

२०१९ को एकदिवशीय विश्वकपमा अफगानिस्तान अन्तिम भएपछि उनी हटाइएका थिए ।

आइतबार तालिवान नेता र एसीबी अधिकारीहरुबीचको छलफलपछि फाजली अध्यक्षमा नियुक्त भएका हुन् ।

२ दशकदेखि अफगानिस्तानको क्रिकेटमा सक्रिय रहेका फाजली देशको पहिलो क्रिकेट टिमका सदस्यसमेत थिए ।

अध्यक्ष भएलगत्तै उनले पाकिस्तानसँगको एकदिवशीय शृंखला सन्चालनका लागि देखिएको चुनौति सामना गर्नुपर्नेछ ।

अफगानिस्तानले पाकिस्तानविरुद्ध श्रीलंकामा खेल्दैछ ।

अफगानिस्तानबाट व्यवसायिक हवाई उडान सन्चालन नभएको र श्रीलंकामा कोरोना महामारीका कारण १० दिनको लकडाउन लगाइएकाले शृंखला प्रभावित हुनसक्ने जनाइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest