नेपाली क्रिकेट टिम ओमान प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ । त्यहाँ हुने आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम त्यस तर्फ प्रस्थान गरेको हो । नेपाली टिम सलाम एयरबाट प्रस्थान गरेको छ ।

नेपाली क्रिकेट टिमलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशनकुमार सिंहलगाएतले भर्चुअलरुपमा विदाई गरेका थिए ।

नेपालले ओमानमा त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनी (पीएनजी)सँग दुईवटा मैत्रीपूर्ण एक दिवसीय पनि खेल्ने छ । नेपालमा मनसुनको प्रभाव कायमै रहेकाले अभ्यास गर्नका लागि नेपाली टिम चाँडै नै ओमान प्रस्थान गरेको हो । ओमान पुगेपछि नेपाली टिमले विशेष प्रशिक्षण गरेर आगामी सेप्टेम्बर ५ र ८ तारिखमा पीएनजीसँग २ वटा मैत्रीपूर्ण एक दिवसीय खेल्ने छ ।

कोभिडका कारण डेढ बर्ष भन्दा बढि समय एकदिवसीय प्रतियोगिता खेल्न नपाएको नेपाली टिम यसपटक युवा खेलाडीको बाहुल्यता रहेको छ ।

त्यसमा पनि केहि खेलाडी बाहेक धेरै जसो खेलाडी एकदिवसिय क्रिकेट खेलेको अनुभव छैन ।

नेपालले विश्वकप क्रिकेट लिग टु मा अहिलेसम्म चार खेलमात्र खेलको छ । जुन घरेलु भूमीमा खेलेको थियो । चार खेलमा नेपालले दुईमा जित र दुईमा हार ब्यहोरेको थियो ।

ओमान गएको नेपाली टिम यसप्रकार रहेको छ । 

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुल्शन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर, विक्रम शोव ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest