अफगानिस्तान र पाकिस्तानकाे सिरिज स्थगित

पाकिस्तान र अफगानिस्तानविचको एकदिवसिय सिरिज अन्तिममा स्थगित भएको छ ।

अफगानिस्तान क्रिकेट संघको आग्रहमा यो सिरिज तत्कालका लागि स्थगित भएको छ ।

यसअघि श्रीलंकामा हुने भनिएको सिरिज फेरी पाकिस्तानमा हुने भनिएको थियो ।

तर तालिबानले अफगानिस्तान क्रिकेट बोर्डमा समस्या सिर्जना गरेको भन्दै सिरिज स्थगित भएको हो ।

पाकिस्तान र अफगानिस्तानविच तीन खेलको एकदिवसिय सिरिज हुने तालिका थियो ।

तर अब यो सिरिज कहिले हुन्छ भन्ने एकिन छैन ।

सेप्टेम्बर तीनबाट हुने भनिएको सिरिजका लागि पाकिस्तानले भने तयारी सुरु गरिसकेको थियो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest