नेपालकोे पहिलो खेल अमेरिकासँग

आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने भएको छ ।

आइसिसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १३ मा अमेरिकासँग खेल्ने छ । नेपालले दोस्रो खेल १४ सेप्टेम्बरमा ओमानसँग खेल्ने छ ।

तेस्रो खेलमा नेपालले सेप्टेम्बर १७ मा अमेरिकासँग खेल्ने छ । अन्तिम खेल १९ सेप्टेम्बर ओमानसँग खेल्ने छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest