ब्यक्तिगत कारणले ह्वाटमारेकाे राजिनामा

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएको पुष्टि गरेको छ ।

यसअघि भारतीय समाचार संस्था न्यूज नाइनले प्रशिक्षक ह्वाटमोरले राजिनामा दिएको खबर सार्वजनिक गरेको थियो । यस विषयमा शुरुमा क्यानका सचिवसँग कुरा गर्दा आफू पनि बुझ्ने प्रक्रियामा रहेको बताएका थिए ।

तर, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज दिउँसो इमेल प्राप्त भएको र उनले राजिनामा दिएको पुष्टि गरे । यससँगै क्यानले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत पनि प्रशिक्षकले राजिनामा दिएको पुष्टि गरेको छ ।

क्यानले प्रशिक्षक ह्वाटमोरले ओमान सिरिज पछि लागू हुने गरि राजिनामा दिएको बताएको छ । ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएको पनि जनाइएको छ ।

प्रशिक्षक ह्वाटमोर गत डिसेम्बरमा एक वर्षका लागि अनुबन्ध भएका थिए । उनले प्रशिक्षण सम्हालेपछि नेपालले कीर्तिपुरमा भएको टी २० सिरिज जितेको थियो भने विदेशी भूमीमा पहिलो पटक सिरिज खेल्न ओमान गएको छ । कोरोना महामारीका कारण पनि उनीसँग भएको क्षमता भने नेपालले उपयोग गर्न सकेको थिएन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest