जिम्बावेका अलराउण्डर सिकन्दर राजाले बिराटनगरबाट इपीएल खेल्ने

चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा जिम्बावेका अलराउण्डर सिकन्दर राजा पनि खेल्ने भएका छन् ।

उनलाई विराटनगर वारियर्सले अनुबन्ध गरेको छ । जिम्बावेका कप्तानसमेत रहेत सिकन्दरलाई टिममा अनुबन्ध गरेको सोमबार विराटनगरले जनाएको छ ।

विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा सिकन्दरलाई अनुवन्ध गरेको पनि प्रष्ट पारेको छ ।

राजाले जिम्बावेका लागि १०५ एक दिवसीय र १७ टेस्ट तथा ४२ ट्वीट ट्वान्टी क्रिकेट खेलेका छन् ।

इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म आयोजना हुँदै छ ।

जिम्बावेका लागि उनले १ सय ५ एकदिवसीय अन्तराष्ट्रिय, १७ टेस्ट र ४२ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन्।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest