इपीएलकाे बिजेताले ५० लाख पाउने

आसन्न एभरेष्ट प्रिमियर लिगको विजेताले पाउने पुरस्कार राशीमा बृद्धी गरिएको छ ।

असोजमा हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने भएका छन ।

सन् २०१७ मा प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पाउने गरेका थिए । त्यसलाई आयोजकले बढाएर २५ लाख रुपैयाँ पुर्याइएको थियो । तर यसपटक पुरस्कार राशीमा दोब्बर बृद्धी गरिएको छ ।

आयोजकले विज्ञेप्ती जारी गर्दै यो पटकको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने जानकारी दिएको छ । ६ टिमको सहभागिता रहने प्रतियोगिता असोज नौ देखि २३ गतेसम्म हुनेछ ।

यो प्रतियोगिताका लागि विभिन्न टिमले खेलाडी अनुबन्धको क्रम बढाएका छन । यस्तैमा चितवन टाइगर्सले बुधबार टिमको घोषणा गर्ने बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest