दक्षिण अफ्रिकी खेलाडी डेल स्टेनकाे सन्यास

दक्षिण अफ्रिकी तिब्रगतिका बलर डेल स्टेनले खेलाडी जीवनबाट सन्यास लिएका छन । उनले आफ्नो आधिकारीक ट्विटरबाट सन्यासको घोषणा लिएका हुन ।

सन् २०१९ बाट नै टेष्ट क्रिकेटबाट सन्यास लिएका स्टेन पछिल्लो पटक विभिन्न फ्रेन्चाइजी लिग खेल्दै आएका थिए । तर अब उनले सबै प्रकारको क्रिकेटबाट सन्यास लिने निर्णय गरेका छन ।

उनले २० बर्षको करियरमा धेरै सम्झनाहरु भएको र अब यो यात्रालाई विश्राम दिने मुडमा पुगेको बताएका छन । यसका साथै उनले यति लामो करियरमा साथ दिने सबैलाई धन्यवादपनि दिएका छन ।

दक्षिण अफ्रिकाका मुख्य तिब्र गतिका बलरका रुपमा रहेका स्टेनले देशका लागि ९३ टेष्ट, एक सय २५ एकदिवसिय, ४७ टी २० खेलेका छन । उनले विश्वका सबै फ्रेन्चाइजी लिगमा सहभागिता जनाएका छन ।

स्टेनले देशका लागि एकदिवसियमा एक सय ९६ विकेट, टी २० मा ६४ र टेष्टमा ७६ विकेट लिएका छन ।

स्टेनले चोटका कारण सन् २०१९ को विश्वकप खेल्न पाएका थिएनन् । उनलाई टिममा राखेपनि अन्तिम समयमा चोटका कारण नाम फिर्ताृ लिनुपरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest