नेपाल र पीएनजीकाे खेलकाे प्रत्यक्ष प्रशारण हुने

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनीसँग खेल्ने दुई खेलको डिस होमको एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ र डिस होमविच आज प्रत्यक्ष प्रशारणका लागि सम्झौता भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार खरिद गरिसकेको डिस होमले अब नेपालले ओमानमा खेल्ने ६ वटा खेलको पनि प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिसहोमका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्यले हस्ताक्षर गरेका थिए ।

नेपालले पीएनजीसँग सेप्टेम्बर ५ र ८ तारिखमा खेल्नेछ । यो सिरिजका लागि नेपाली टिम केहि दिन अगाडी ओमान पुगिसकेको छ भने पीएनजीपनि मंगलबार ओमान पुगेको छ ।

नेपाल क्रिकेट संघको आग्रहमा पीएनजीले नेपालसँग दुई वटा मैत्रीपुर्ण खेल खेल्न स्विकार गरेको थियो ।

पीएनजीसँगको खेलपछि नेपाली टिमले अमेरीका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest