रूट टेष्ट बरियताकाे शिर्ष स्थानमा

इंग्ल्यान्डका कप्तान जोए रुट टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अपडेट गरेको नयाँ  वरीयतामा रुट शीर्ष स्थानमा उक्लिएका हुन् । न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सनलाई पछि पार्दै रुट शीर्ष स्थानमा उक्लिएका हुन्।

भारतविरुद्धको टेस्टमा उत्कृष्ट प्रदर्शन गरिरहेका रुट शीर्ष स्थानमा उक्लिएका हुन् । रुट करिब ६ वर्षपछि शीर्ष स्थानमा फर्किएका हुन् ।

अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन् ।  यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने चौंथो र भारतका रोहित शर्मा पाँचौ स्थानमा उक्लिएका छन् ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली छैटौं स्थानमा झरेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest