इपीएलका लागि चितवनकाे टिम तयार

आसन्न एभरेष्ट प्रिमियर लिगका लागि चितवन टाइगर्सको मुख्य प्रायोजकमा प्रभु पे भित्रिएको छ । असोज नौ गतेबाट सुरु हुने प्रतियोगितामा चितवनको मुख्य प्रायोजकमा प्रभु पे ले सम्झौता गरेको छ ।

बुधबार आयोजना भएको एक कार्यक्रममा चितवन टाइगर्सका प्रमुख किशोर भट्राई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस्तै चितवनले टिम विदेशी खेलाडीका रुपमा करिम जन्नतलाईपनि अनुबन्ध गरेको छ । उनी चितवन टाइगर्समा अनुबन्ध हुने पाँचौ विदेशी खेलाडी भएका छन ।

२३ बर्षे जन्नतको टी २० मा राम्रो ब्याट्सम्यान मानिन्छन । चितवनकाे टिमकाे कप्तान साेमपाल कामी रहेका छन । विदेशी खेलाडीमा शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया) छन ।

यस्तै चितवन टिमले सहायम प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर पुरु सिंहलाई ल्याएको छ । उनी टिमको ब्यवस्थापक र सहायक प्रशिक्षकपनि रहेका छन । ४० बर्षे सिंहले आइसीसी लेभर २ कोर्ष गरेका छन । टिमको मुख्य प्रशिक्षकमा सामसन जंग थापा र टिम मेन्टरमा पुरनेन्दु घोष छन ।

यस्तै चितवनले भविष्यमा क्रिकेट एकेडेमी सुरु गर्ने लक्ष्यका साथ आइडीएस सिल्क ग्रुपसँग पनि सहकार्य गरेको छ । यो समुहसँग मिलेर काठमाडौंमा सुविधासम्पन्न एकेडेमी निर्माण गरिनेछ । जसका लागि त्रिपक्षिय सम्झौता पनि भएको छ ।

चितवन टिम

सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया)

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest