टी-२० बरियतामा नेपाल एक स्थान तल

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बुधबार जारी गरेको टी-२० काे नयाँ वरियतामा नेपाल १३ औं स्थानमा पुगेकाे छ ।

नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको हो । अघिल्लो वरियतामा टेष्ट मान्यताप्राप्त टोली आयरल्याण्डलाई समेत पछि पारेको नेपाल अहिले एक स्थान झरेको छ ।

यद्यपी एशोसियटतर्फको शीर्ष स्थानमा कायमै छ । नेपालले १९ खेलमा ३५ सय ५६ अंक पाएको छ ।

नेपालले कोभिडको विचमा घरेलु मैदानमा त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिता खेलेपछि कुनैपनि अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

नेपालले अहिलेसम्म १९ अन्तराष्ट्रिय टी २० खेलेको छ । जसमा नेपालको एक सय ८७ रेटिङ छ । एसोसियट टिमहरुमा भने नेपालको बरियता शिर्ष स्थानमा छ ।

विश्व बरियतमा इंग्ल्याण्ड शिर्ष स्थानमा छ भने भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ । नेपाल भन्दा पछाडी स्कटल्याण्ड, यूएई, पपुवा न्युगिनी, नेदरल्याण्ड्स, ओमान छन ।

एकदिवसिय बरियतमा नेपाल १६ औं स्थानमा छ । हाल आइसीसी विश्वकप क्रिकेट लिगको तयारीमा रहेको नेपाली क्रिकेट टिमले पपुवा न्युगिनीसँग दुई वटा एकदिवसिय सिरिज र अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तयारीमा छ । त्रिकोणात्मक सिरिज १३ देखि २० सेप्टेम्बरसम्म हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest