श्रीलंकन क्रिकेटर उपुल थरंगा भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल खेल्ने

भैरहवा ग्ल्याडियटर्सले श्रीलंकन खेलाडी उपुल थरंगालाइ अनुबन्ध गरेकाे छ । उनी शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट आसन्न इपीएल खेल्न नेपाल आउने भएका हुन ।

थरंगाले श्रीलंकाबाट तीन वटै फरम्याट खेलेका छन । जसमा उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टि-२० खेलेका छन । बाँया हाते ब्याट्सम्यान थरंगाले सन् २००५ मा भारत बिरुद्ध टेस्टमा डेब्यु गरेका थिए । साेहि सिरीजमा एकदिवसीयमा डेब्यु गरेका थरंगाले टेस्टमा १७ सय ५४ रन बनाएका छन भने र एकदिवसीयमा ६ हजार नौं सय ५१ रन प्रहार गरेका छन् ।

उनले टी २० मा भने २६ खेलमा मात्र ४०७ रन बनाएका छन । साे फरम्याटमा उनले सन् २००६ मा इंग्ल्यान्ड बिरुद्ध डेब्यु गरेका थिए ।

भैरहवाले याे सिजनमा बिदेशी खेलाडीका रूपमा थरंगा र अर्का श्रीलंकन क्रिकेटर दिनेश चन्डिमललाइ ल्याएकाे हाे ।

ग्ल्याडियटर्समा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, विकास आग्री, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा रहेका छन् ।

भैरहवा ग्ल्याडियटर्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायके रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest