ओमानकाे तयारीले नेपाली टिमकाे आत्मबल बढेकाे छ-ह्वाटमाेर

आसन्न पीएनजीसँगको दुई वटा मैत्रीपुर्ण खेलका लागि नेपाली टिमको ओपनर जोडीका रुपमा कुशल भर्तेल र आशिफ शेख नै मैदानमा उत्रने भएका छन । प्रशिक्षक डेभ ह्वाटमोरले नेपालको ओपनरका रुपमा कुशल र आशिफलाई नै मौका दिने बताएका छन ।

हाल ओमानमा प्रशिक्षणमा रहेको नेपाली टिमको ओपनरमा नयाँ जोडी आउने भएको छ । काठमाडौंमा भएको टी २० त्रिकोणात्मक सिरिजमा जमेको जोडीलाई प्रशिक्षक ह्वाटमोरले आझ मौका दिएर यसैलाई निरन्तरता दिने बताएका छन ।

नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी २० सिरिजमा उत्कृष्ट साझेदारी गरेको आशिफ र कुशललाई पहिलो पटक एकदिवसिय टिममा राखिएको हो । तर अब उनीहरुले नै पीएनजीविरुद्धको खेलमा नेपालको सुरुवात गर्ने छन ।

यसका साथै प्रशिक्षक ह्वाटमोरले यो सिरिजमा नयाँ खेलाडीलाई पनि डेब्यु गराउने संभावना रहेको बताए । उनले सबै खेलाडीलाई उतिकै मौका दिन बताउँदै टिममा भएका नयाँ खेलाडीलाई पनि यो भ्रमणमा अवसर दिने बताए ।

साथै उनले यो सिरिज आफ्ना लागिपनि टेष्ट गर्ने मौका रहेको र काठमाडौंमा प्रशिक्षण गर्दा आफु निकै निराश भएको र एक समय निरासपनि भएको बताए । तर ओमानमा निर्धारीत समय भन्दा अगाडी आउन पाउँदा टिमको मात्र होइन आफ्नो पनि आत्मविश्वास बढेको धारणा राखे । उनले आफ्नो राजिनामाको विषयमा भने कुरा गर्न चाहेनन् ।

आठ महिना नेपाली क्रिकेट टिमको प्रशिक्षकका रुपमा रहेका ह्वाटमोरका लागि यो सिरिज अन्तिम हुनेछ । उनी लिग टु अन्तर्गत पहिलो र अन्तिम सिरिज नेपालका लागि प्रशिक्षण गर्नेछन । पारिवारिक कारणले अचानक राजिनामा दिएका ह्वाटमोर यो सिरिजमा राम्रो नतिजा निकालेर जाने योजनामा छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest