अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर अज्मतुल्लाह ओमार्जाइले एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् ।
अफगानिस्तान युवा क्रिकेटर अज्मतुल्लाह ओमार्जाइ आसन्न सिजनको एभरेष्ट प्रिमियर लिगमा अनुबन्ध भएका छन् । उनी ललितपुर प्याट्रीओटसमा अनुबन्ध भएका हुन् ।
९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिता नजिकिँदै गर्दा सहभागी क्लबले खेलाडी अनुबन्धको क्रम बढाएका छन् ।
इपिएल ९(२३ असोजमा काठमाडौंस्थित कीर्तिपुर अन्तर्राष्ट्रिय मैदानमा आयोजना हुनेछ । जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।
विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्नेछन् ।