अमेरिकासँग पीएनजीकाे भारी अन्तरकाे हार

आइसीसी विश्वकप क्रिकेट लिग टु अगाडी नेपालले भोली पीएनजीसँग दुई खेलको मैत्रीपुर्ण सिरिज खेल्दैछ ।

त्यो भन्दा अगाडी पीएनजीले अमेरीकासँग खेलेको एकदिवसिय खेलमा नराम्रो हार ब्यहोरेको छ । पीएनजी टिम अमेरिकासँग सात विकेटले पराजित भएको छ ।

ओमानस्थित अल अमारत क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४४ ओभर दुई बलमा मात्र एक सय ५६ रन बनाउन सक्यो ।

उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेका थिए । जसमा कप्तान आसाद भालाले ६१ रन बनाए भने सिसि बाउले ३०, गौदी टोकाले १८ र जेसोन किलाले १० रनको योगदान गरे । बाँकी खेलाडी सस्तैमा आउट भए ।

१० रन हुँदा पहिलो विकेट गुमाएको पीएनजीले ४३ रन बनाउँदा तीन विकेट खेर फालेका थियो । ९७ रन हुँदा चार विकेट गुमाएको पीएनजी अन्त्मिमा एक सय ५६ रनमा अलआउट भयो । बलिङमा अमेरिकाका निसार्ग पटेलले चार विकेट लिए । उनले १० ओभरमा २९ रन खर्चिएर चार विकेट लिएका हुन ।

जवाफमा अमेरिकाले २८ ओभर दुई बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा ओपनर स्टेभेन टेलरले सर्वाधिक ८२ रन बनाए । यस्तै सुसान्त मोडानीले २४ र मोनांक पटेलले २९ रनको योगदान गरे ।

अब पीएनजीले भोली नेपालसँग सोहि मैदानमा खेल्नेछ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest