नेपालले पीएनजीसँग भाेली खेल्दै

कोरोनाको महामारीका कारण झण्डै साँढे एक बर्ष एकदिवसिय क्रिकेट खेल्न नपाएको नेपाली क्रिकेट टिमले पीएनजीविरुद्ध भोली पहिलो खेल खेल्दैछ । आसन्न टी २० विश्वकप र आइसीसी विश्व क्रिकेट लिग टु खेल्ने तयारीमा रहेको पीएनजीले नेपालसँग दुई खेलको सिरिज खेल्दैछ । जसमा नेपालले पहिलो खेल भोली ओमान क्रिकेट एकेडेमीको मैदानमा खेल्नेछ ।

यो खेल नेपाली टिमका लागि आफ्नो क्षमता जाँच्ने माध्यमका रुपमा पनि लिइएको छ भने कमजोरीलाई औल्याउने मौका पनि हुनेछ । पारसको सन्यास, प्रशिक्षकको राजिनामाका विच नेपाली टिमले पीएनजीसँगको खेलका लागि तयारी पुरा गरेका छन ।

करिव १२ दिन अगाडी ओमानमा नै पुगेर प्रशिक्षण गरेको नेपाली टिमका प्रशिक्षक डेभ ह्याटमोरले पीएनजीसँगको खेलले नेपाली टिमलाई टेष्ट गर्ने बताएका छन । उनले पीएनजीसँगको खेल बरियताका लागिपनि महत्वपुर्ण रहेको धारणा राखेका छन । पछिल्लो पटक खुट्टाको चोटका कारण अन्तिम दिनको प्रशिक्षणमा उपस्थित नभएका उपकप्तान दिपेन्द्रसिंह ऐरी र गुल्सन झालाई पीएनजीसँगको पहिलो खेलमा आराम दिने संभावना प्रशिक्षकको रहेको छ ।

दिपेन्द्रलाई आइतबार फिल्डिङको प्रशिक्षण गर्दा खुट्टामा चोट लागेको थियो । जसका कारण उनलाई आराम दिइएको छ । उनको चोट त्यस्तो गहिरो नभएको बताइएपनि उनी पीएनजीसँगको पहिलो खेल खेल्ने नखेल्ने भन्ने एकिन भइसकेको छैन । यस्तै तिब्रगतिका बलर गुल्सन झाको पनि खुट्टामा समस्या भएपनि उनी फिट हुने क्रममा रहेका छन ।

यता पीएनजीले नेपालसँग खेल्नु अगाडी अमेरीकासँग एकदिवसिय खेल खेलेको छ । जसका कारणपनि पीएनजीका खेलाडी नेपाली खेलाडीको तुलनामा बढि अभ्यस्त हुनसक्छन ।

ओमानको प्रचण्ड गर्मी, त्यसमा पनि दिउँसो हुने पहिलो खेल नेपाली खेलाडीका लागि अर्को चुनौती देखिएको छ । नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

नेपालले पीएनजीसँग अहिलेसम्म ५० ओभरको खेलमा चार पटक खेलेको छ । जसमा तीन खेल पीएनजीले जितेको छ भने एक खेल नेपालको पक्षमा आएको छ । पहिलो पटक यी दुई टिम सन् २००५ मा विश्वकप छनोट अन्तर्गत खेलको थिए । मलेसियामा भएको सो खेलमा नेपाल ७० रनले पराजित भएको थियो ।

यस्तै दोस्रो भिडन्तर सन् २०१५ मा दुबईमा भएको थियो । त्यो बेला नेपाल दुई विकेटले हारेको थियो । त्यसपछि भएको दोस्रो खेलमा नेपाल तीन विकेटले पराजित भयो ।

अन्तिम पटक नेपालले पीएनजीसँग आइसीसी विश्वकप छनोटको सातौं स्थानको प्लेअफमा खेलेको थियो । त्यो खेलमा नेपालले पीएनजीलाई ६ विकेटले हराएको थियो । त्यसपछि नेपाल र पीएनजी पहिलो पटक खेल्न लागेको हुन ।

ओमानको टर्फ क्रिकेटको दोस्रो मैदानमा पहिलो पारीमा बन्ने औषत रन दुई सय २० को वरिपरि रहेको छ । जसमा अहिलेसम्म पछिल्ला चार एकदिवसिय खेलमा यो मैदानमा पहिले ब्याटिङले २ र दोस्रो ब्याटिङ गर्नेले दुई खेल जितेका छन ।

पीएनजीविरुद्धको पहिलो खेलमा नेपालका लागि दिपेन्द्र ऐरी र गुल्सन झालाई विश्राम दिने भएपछि रोहित पौडेलले मौका पाउन सक्छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest