पपुवा न्यु गिनी टस जितेर ब्याटिङमा, भुर्तेल, बिक्रम सोब र आसिफ शेखको डेब्यु

आइसीसी विश्व क्रिकेट लिग टु खेल्ने तयारीमा रहेको नेपालले पीएनजी सँग दुई खेलको सिरिज खेल्दैछ । जसमा नेपालले पहिलो खेल आज ओमान क्रिकेट एकेडेमीको मैदानमा खेल्दै छ ।

नेपाल र पीएनजीको यो पहिलो एकदिवसिय क्रिकेटमा पीएनजीले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालका लागी कुशल भुर्तेल, बिक्रम सोब र आसिफ शेखले डेब्यु गर्दैछन ।

यो खेल नेपाली टिमका लागि आफ्नो क्षमता जाँच्ने माध्यमका रुपमा पनि लिइएको छ भने कमजोरीलाई औल्याउने मौका पनि हुनेछ । पारसको सन्यास, प्रशिक्षकको राजिनामाका विच नेपाली टिम पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेटको सामना गर्न लागेको हो ।

नेपाल टिम को लागी आज – ज्ञानेन्द्र मल्ल (कप्तान), शरद भेषावाकर, कुशल भुर्तेल, आसिफ शेख, सन्दिप लामिछाने, सोमपाल कामी, बिक्रम सोब, रोहित कुमार पौडेल, कुशल मल्ल, पवन सर्राफ, आरिफ शेख खेल्दै छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest