पपुवा न्युगिनी १३४ रनमा अलआउट, सन्दीपको ४ विकेट

नेपाल बिरुद्दको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टस जितेर ब्याटिङ रोजेको पीएनजी १३४ रनमा अलआउट भएको छ ।

ओमानस्थित अल अमरात क्रिकेट स्टेडियममा पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनायो । पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै गौडी टोकाले २२, चार्ल्स अमिनीले २३, किप्लिन डोरिगाले १५ रन बनाए । त्यस्तै चाड सोपरले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । सन्दीपले १० ओभरमा ३५ रन खर्चिँदै ४ विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सोबले पहिलो बलमै विकेट लिएर रेकर्ड बनाएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest