इपीएलकाे उद्घाटनमा साविक विजेता ललितपुर र काठमाडौं भिड्ने

आसन्न एभरेष्ट प्रिमियर लिगको उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र साविक विजेता ललितपुर प्याट्रियट्सविच प्रतिस्पर्धा हुने भएको छ ।

सेप्टेम्बर २५ बाट सुरु हुने प्रतियोगिताको पहिलो दिन एक खेल भएपछि दोस्रो दिन दुई खेलल हुनेछ । जसमा दोस्रो दिन विराटनगर वारियर्स र चितवन टाइगर्सविच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजविच खेल हुनेछ ।

यस्तै २७ तारिखमापनि दुई खेल हुनेछन । लिग चरणका खेलहरु अक्टोबर चार तारिखसम्म चल्नेछन । त्यसपछि पहिलो क्वालिफायर्स हुनेछ भने अर्को दिन दोस्रो क्वालिफायर्स हुनेछ । लिग चरण र क्वालिफायर्सको विचमा एक दिनपनि ग्याप रहेको छैन । फाइनल अगाडी एक दिन रेष्ट रहेको छ । फाइनल खेल नौ अक्टोबरमा हुनेछ ।

६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछ । यो पटक यो प्रतियोगिताको प्रशारण विश्वका एक सय ४० भन्दा बढि देशमा हुने बताइएको छ ।

साथै यो पटक इपीएल खेल्नका लागि साहिद अफ्रिदी, लगायतका सुपर स्टार खेलाडी नेपाल आउँदैछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest