ओमानले श्रीलंकासँग २ टी-२० खेल्ने

आसन्न टी २० विश्वकप अगाडी श्रीलंका क्रिकेट टिमले ओमानसँग उसकै मैदानमा दुई वटा खेल खेल्ने भएको छ । यी दुई खेलका लागि श्रीलंका तीन अक्टोबरमा दुबई पुग्नेछ ।

श्रीलंका पहिलो पटक ओमान टिमसँग पहिलो पटक टी २० खेल्ने भएको हो । श्रीलंका र ओमानबिचको खेल अक्टोबर सात र नौ तारिखमा हुने भएको छ ।

त्यसपछि श्रीलंका र ओमान अक्टोबर १७ बाट नोभम्बर १४ सम्म हुने टी २० विश्वकपमा सहभागि हुनेछन । ओमानले पहिलो पटक टी २० विश्वकप आयोजनाको मौका पाएको छ । जसका लागि उसले पुर्वाधारमा निकै जोड दिएको छ ।

उसको आफ्नो घरेलु मैदानको स्वरुप परिवर्तन गरिरहेको छ भने मैदानलाई सुविधासम्पन्न बनाइरहेको छ । श्रीलंकाले ओमानसँगको दुई वटा खेलपछि विश्वकपको वार्मअप खेल खेल्नेछ ।

यता ओमानले पनि टी २० विश्वकपमा सहभागि हुन अगाडी आइसीसी विश्वकप क्रिकेट लिग टु का खेल खेल्नेछ । जसमा नेपाल र अमेरीका सम्मिलित त्रिकोणात्मक सिरिजपनि खेल्नेछ ।

श्रीलंकाले विश्वकपमा १८ अक्टोबरमा आबुधावीमा नामिबियाविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नृेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest