टी-२० विश्वकपका लागि इंग्ल्याण्ड टिमको घोषणा

आसन्न टी २० विश्वकपका लागि इंग्ल्याण्ड टिमले १५ खेलाडीको बलियो टिमको घोषणा गरेको छ । सन् २०१६ को उपविजेता इंग्ल्याण्डको टिममा अलराउण्डर बेन स्टोक्सलाई राखिएको छैन ।

पछिल्लो पटक चोट र मेन्टल हेल्थका कारण उनी इंग्ल्याण्डको टिमबाट बाहिर रहेका छन । पहिलो चरणको टिममा स्टोक्स रहेपनि अन्तिम चरणमा भने उनले नखेल्ने भएका छन ।

हाल टी २० को बरियतामा शिर्ष स्थानमा रहेको इंग्ल्याण्ड सुपर १२ को खेलमा वेष्ट इन्डिजविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ । समुह ए मा रहेको इंग्ल्याण्डले दक्षिण अफ्रिका, अष्ट्रेलिया र दुई क्वालिफाइ भएर आएका टिमसँग खेल्नेछ ।

इंग्ल्याण्डले रिजर्भ खेलाडीमा टोम कुरान, लिम डासोन र जेम्स भिन्सलाई राखेको छ ।

इंग्ल्याण्ड टिम

इयोन मोर्गन, मोयन अली, जोनाथन ब्रेस्टो, साम बिलिङ, जोस बट्लर, साम कुरान, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डाविड मालान, तेमाल मिल्स, आदिल रासिद, जेसोन रोय, डेविड वेली, क्रिस ओक्स र मार्क उड

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest