दिपेन्द्रले पीएनजीसँगकाे दाेस्राे खेल पनि गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले  शुक्रबार पपुवान्युगिनी (पीएनजी) विरुद्धको दोस्रो मैत्रीपूर्ण खेल पनि गुमाउने भएका छन् ।

नेपाली टिम आईसीसी विश्वकप लिग टू का लागि ओमानमा रहेको छ । ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिज अघि नेपालले शुक्रबार पीएनजीसँग दोस्रो अभ्यास खेल खेल्दै छ ।

पहिलो खेलमा पनि दीपेन्द्र टिममा थिएनन् । पहिलो खेल नेपाली टिमले २ विकेटले जितेको थियो । दीपेन्द्र आइतबारको अभ्यासका क्रममा घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको छ ।

दीपेन्द्रको शनिबार मात्रै एमआरआईको रिपोर्ट आउने छ । त्यसपछि मात्रै उनले अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज खेल्ने या नखेल्ने तय हुनेछ ।

नेपाल र पीएनजीबीचको दोस्रो मैत्रीपूर्ण एक दिवसीय खेल शुक्रबार हुनेछ । जुन नेपालका लागि पहिलो डे नाइट एक दिवसीय म्याच पनि हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest