नेपालले शुक्रबार पीएनजीसँग दाेस्राे एकदिवसिय खेल्दै

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पीएनजीविरुको दोस्रो एकदिवसिय खेलमा टिममा परिवर्तन हुनसक्ने बताएका छन । उनले युवा खेलाडीलाई मौका दिने लक्ष्यका साथ शुक्रबार हुने खेलमा पनि सेटमा परिवर्तन हुनसक्ने बताएका छन ।

चोटका कारण अघिल्लो खेलमा टिम बाहिर रहेका गुल्सन झा फिट भएका छन । उनले शुक्रबार नेटमा प्रशिक्षण समेत गरेका छन । एंकलको चोटका कारण उनी पीएनजीविरुद्धको पहिलो खेलमा टिम बाहिर रहेका थिए । यसका साथै उपकप्तान दिपेन्द्रसिंह ऐरीपनि पीएनजीविरुद्धको दोस्रो खेल खेल्ने छैनन् । उनकाे एमआरआईकाे रिपाेर्ट शनिबार मात्र आउनेछ ।

त्यसपछि उनकाे चाेट कतिकाे गहिराे छ भन्ने थाहा हुनेछ । यदि चाेट गहिराे भएकाे खण्डमा उनले त्रिकाेणात्मक सिरिज पनि गुमाउन सक्ने सम्भावना रहेकाे छ । उनलाई नेपाली टिमका फिजियाे बिक्रम न्याेपानेले हेरिरहेका छन । दीपेन्द्र आइतबारको अभ्यासका क्रममा घाइते भएका थिए । आइतबारको अभ्यासका क्रममा उनी घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको छ ।

नेपाली क्रिकेट टिमले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल खेल्दैछ । यो पनि नेपाली टिमका लागि नयाँ अनुभव हुनेछ । यसमा कप्तान मल्लले डे नाइट खेल्दा पक्कैपनि नयाँ अनुभव हुने र त्यसले त्रिकोणात्मक सिरिजका लागि राम्रो अनुभव हुने बताए । डे नाइट हुँदाको कन्डिसनले पनि फरक पार्ने उनले बताए ।

कप्तान मल्लले दिपेन्द्र सिंह ऐरी र गुल्सन झाको चोटलाई फिजियोले हेरीरहेको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको बताए । त्रिकोणात्मक सिरिज अगाडी उनले नयाँ खेलाडीलाई मौका दिँदा नतिजा कस्तो हुन्छ भन्नेमा बढि जोड दिन नहुने बताए ।

सिनियर खेलाडीको स्थान लिने गरेर नयाँ खेलाडीलाई मौका दिँदा त्यसको नतिजाका लागि कुर्नुपर्ने बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest