पीएनजीविरुद्ध टस जितेर नेपाल ब्याटिङमा, टिममा ३ परिवर्तन

पपुवा न्युगिनी (पीएनजी)सँगको दोस्रो एकदिवशीय खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका हुन् ।

ओमानको अल अमेरात मैदानमा नेपालले पहिलोपटक डे–नाइट एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

विहीबार भएको पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय खेलेको टिममा तीनजना परिवर्तन भएका छन् । भेट्रान ब्याट्सम्यान शरद भेषावकर, आरिफ शेख र पवन सर्राफलाई आजको खेलमा टिममा राखिएको छैन ।
उनीहरुको स्थानमा करण केसी, विनोद भण्डारी र सुशान भारीले स्थान बनाएका छन् ।

आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिका र ओमान सम्मिलित त्रिदेशीय शृंखला खेल्दैछ । त्यसैको तयारीस्वरुप पीएनजीसँग दुई एशदिवशीय खेलको शृंखला खेलिएको हो ।

शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले २ विकेटको जित हासिल गरेको थियो । मध्यक्रमका ब्याट्सम्यानले आशातीन प्रदर्शन गर्न सकेका थिएनन् । प्रशिक्षक ह्वाटमोरले अपेक्षाकृत प्रदर्शन गर्न नसकेका मध्यक्रमका तीन ब्याट्सम्यानलाई आजको खेलमा आराम दिएका हुन् ।

नेपाली टोली– ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछान करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest