पपुवा न्युगिनी विरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालको ठूलो जित

नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो ।

ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पारे । लेग स्पिनर लामिछानेले पाँच दशमलव एक ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिदै छ विकेट लिए । उनको एकदिवसीय खेलमा यो नै हालसम्मको उत्कृष्ट बलिङ हो । यसअघि उनले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्धको खेलमा १६ रन खर्चेर छ विकेट लिएका थिए ।

नेपालले पपुवा न्यूगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्यूगिनीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । उसका लागि टोनी उराले १९, चाल्र्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बाउले ११ र गाउडी टोकाले १० रन बनाए । बलिङ नेपालका लागि सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक-एक विकेट लिए।

Sandeep Lamichhane
Sandeep Lamichhane took six wickets in an ininngs against PNG. Photo: CAN

यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । सङ्कटमा परेको नेपालको पारीलाई रोहित पौडेल र कप्तान मल्लले सम्हालिएर प्रदर्शन गरेका थिए । फलस्वरुप नेपालले अहिलेसम्म एक दिवसीय क्रिकेटमा बनाएको सर्वाधिक रनको साझेदारी पनि यी दुई खेलाडीले आफ्नो नाममा सार्न सफल भए । मल्ल र पौडेलले तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । यो नै नेपालका ब्याट्सम्यानले एक दिवसीय क्रिकेटमा गरेको अहिलेसम्मकै धेरै साझेदारी पनि हो ।

नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकासेका थिए । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिए । सो क्रममा उहाँले १२३ बल खेल्दै तीन छक्का र दुई चौका प्रहार गरे । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो सर्वाधिक व्यक्तिगत स्कोर हो । यस्तै केसीले २६ बलमा ४२ रनको आक्रामक पारि खेलेका थिए । यसमा चार छक्का र दुई चौका सामेल थियो ।

https://twitter.com/cricnepal/status/1436547408700248066

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नर्मन भानुआले दुई-दुई तथा चाल्र्स अमिनीले एक विकेट लिए ।

यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको थियो ।

नेपालले अब सोमबारदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । ओमान सिरिज आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest