नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनी विरुद्ध दोस्रो एकदिवसीय खेलमा एक्लैले छ विकेट लिएर टिमलाई सान्दार जित दिलाउन सफल भएका छन ।
अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सन्दीपको यो नै हालसम्मको उत्कृष्ट बलिङ हो । लेग स्पिनर लामिछानेले पाँच दशमलव एक ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिएर ६ विकेट लिए । यसअघि उनले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्धको खेलमा १६ रन खर्चेर छ विकेट लिँदै कीर्तिमान बनाएका थिए ।
@Sandeep25's best bowling figures in an innings in ODI. He is the leading wicket taker for Nepal with 33 wickets in 12 matches including two five-wicket and three four-wicket haul. 6/11 against PNG is the best bowling figure for any Nepali bowlers in ODI.
#nepalcricket pic.twitter.com/urWn80iZwm— cricnepal.com (@cricnepal) September 11, 2021
सन्दीपले १२ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ३३ विकेट हात पारिसकेका छन । जसमा उनले २ पटक पाँच भन्दा बढी विकेट र ३ पटक चार विकेट लिएका छन ।
दुइ खेलको सिरिजमा दुबै पटक म्यान अफ दी म्याच भएका सन्दीप अमेरिकाविरुद्ध घरेलु मैदानमा पनि म्यान अफ दी म्याच भएका थिए । यो संगै यदी उनले अर्को खेलमा पनि म्यान अफ दी म्याच भए, भारतिय खेलाडी सौरव गांगुलीको रेकर्डलाई बराबरी गर्नेछन । गांगुलीले सन् १९९७ मा क्यानडाको टोरोन्टोमा पाकिस्तान विरोधमा लगातार चार खेलमा म्यान अफ दी म्याच भएका थिए ।
नेपालका लागी दोस्रो सर्बाधिक विकेट लिने सुचीमा सोमपाल कामी पर्छन । कामीले कुल ८ खेलमा १५ विकेट लिएका छन ।