त्रिकाेणात्मक सिरिज अगाडी नेपाललाई झट्का

अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज अगाडी नेपाली क्रिकेट टिमलाई झट्का लागेको छ ।

नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले आइसीसी विश्वकप क्रिकेट लिग टु को सिरिज गुमाउने भएका छन ।  दायाँ खुट्टको एंकलमा लागेको चोटका कारण पीएनजीविरुद्धका दुबै खेल गुमाएका थिए । तर उनकाे चाेट निकाे हुन केहि समय लाग्ने भएकाले उनले सिरिज गुमाउने भएका हुन ।

आइतबार थ्रोइङ गर्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो । जसका कारण उनले पीएनजीविरुद्धको खेल खेल्न सकेका थिएनन् । उनको चोटका एमआरआईमा उनलाई केहि समय आरामको आवश्यकता देखिएको क्यान स्रोतले बताएको छ । जसका कारण उनले ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्न नसक्ने भएका हुन ।

रिपोर्ट अनुसार उनको चोट कतिको गम्भिर छ र कति समय मैदानबाहिर हुने भन्ने विषयमा क्यानले आजै विज्ञप्ती निकाल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest