नेपाल र अमेरीका विश्वकप लिग २ खेल्दै

आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आफ्नो दोस्रो सिरिज आजबाट सुरु गर्दैछ ।

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरीकासँगको खेल साचेको जस्तो सजिलो नहुने बताएका छन । उनले अमेरीकी टिममा पछिल्लो पटक केहि खेलाडी परिवर्तन भएको र टिमले तयारीपनि राम्रो गरेका हुनाले नेपाललाई सजिलो नहुने बताए । उनले अंक तालिकाको दोस्रो स्थानमा रहेको टिमसँग खेल्न कठिन हुने बताए ।

अन्तिम पटक घरेलु मैदानमा अमेरीकालाई हराउँदा त्यसको मानसिक असर दुबै टिमलाई पर्ने भएपछि अमेरिकी टिम अहिले फरक रहेको र टिमको बलिङमा पनि केहि परिवर्तन आएको नेपाली टिमले पाएको बताए । साथै उनले अहिलेको टिममा अमेरिकाको ब्याटिङमा पनि सुधार भएको पीएनजीसँगको दुई वटा खेलमा देखिएको उनले बताए ।

नेपाली टिमले अमेरिकालाई दबावमा राख्ने हो भने स्पिनर हावी हुनुपर्ने बताए । उनले अमेरिकाविरुद्धको खेलमा ब्यापक परिवर्तन नभएपनि टिमको कम्बिनेसनलाई मिलाउनुपर्ने बताए ।

नेपाललाई लिग टु को शिर्ष तीनमा रहने हो भने यो पटक खेल्ने चार खेल निकै महत्वपुर्ण रहेका छन । हालसम्म चार खेलमा चार अंक बनाएको नेपालले अंक तालिकाको दोस्रो स्थानमा रहेको अमेरीकासँग प्रतिस्पर्धा गर्न लागेको हो । लिग टु मा अमेरीकाले अहिलेसम्म १२ खेल खेल्दा ६ मा जित र ६ मा हार ब्यहोरेको छ ।

अमेरीका अन्तिम पटक लिग टु का लागि २०२० का फेब्रेवरीमा नेपाल आउँदा र अहिलेको टिममा निकै परिवर्तन भएको छ । त्यो बेला टिममा रहेका केहि खेलाडी अहिलेको टिममा छैनन् । यसका साथै यो पटक टिममा केहि युवा खेलाडीलाई समेटिएको छ भने दुई जनाले पहिलो पटक लिग टु मा डेब्यु गर्दैछन ।

यसका साथै अमेरिकी टिममा प्रशिक्षक पनि नयाँ रहेका छन । भारतीय प्रशिक्षकलाई नियुक्त गरेको अमेरिकी क्रिकेट टिमले ओमानको मैदानमा लिग टुको सिरिजमा पहिलो पटक खेल्न लागेको हो । यसअघि ओमानसँगको वाताबरणमा मिल्दोजुल्दो यूएईमा खेल्दा अमेरीकी टिमले चार खेलमा तीन जित निकालेको थियो । तर त्यसपछि अमेरीका नेपालमा आउँदा निकै खराब प्रदर्शन गरेको थियो । उसले ओमान र अमेरीकासँग चारै खेल हारेको थियो ।

त्यसपछि अमेरीकी क्रिकेट बोर्डले टिमको मुख्य प्रशिक्षक देखि केहि खेलाडीलाई परिवर्तन गरेको थियो । अमेरिकी टिममा अहिले तिब्रगतिका बलर र स्पिनरको समिश्रण रहेको छ । ओमानको पिचमा अमेरिकाले पपुवा न्युगिनीसँग दुई मैत्रीपुर्ण खेल खेल्दा दुबैमा फराकिलो अन्तरको जित निकालेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest