अमेरिका बिरुद्ध टस हारेर नेपाल बलिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले दोस्रो सिरिजमा अहिले अमेरिकासँग खेल्दैछ । जसमा अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमान स्थित अल अमारत क्रिकेट मैदानमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । पीएनजीसँग दोस्रो खेल खेलेको टिम नै रहेको छ ।

नेपाली टोली– ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी चोटका कारण यो सिरिज खेल्न नसक्ने भइसकेका छन । जसका कारण टिमको मध्यक्रममा केहि सन्तुलन नमिल्ने हो की भन्ने चिन्ता बढेको छ ।

यता अमेरीकी टिममा पनि अन्तिम समयमा दुई खेलाडीले चोट बोक्दा टिम बाहिर भएका छन । उसका मध्यक्रमका खेलाडी आरोन जोन्स र तेज गतिका बलर जेसी सिंह चोटका कारण टिमबाट बाहिरिएका छन ।

यसपटकको अमेरिकी टिममा प्रशिक्षकसहित केहि खेलाडी परिवर्तन भएका छन । नेपालले जस्तै अमेरिकाले पनि यो सिरिज अगाडी पीएनजीविरुद्ध दुई मैत्रीपुर्ण खेलमा जित निकालेको थियो ।

आजको खेलमा नेपालका लागि सन्दिप लामिछाने नै मुख्य हतिहार हुनेछन । भारत, पाकिस्तान, वेष्ट इन्डिजका खेलाडीलाई सम्मिलत गरेर अमेरिकी टिम तयार भएको छ ।

नेपाललाई यो प्रतियोगिताको शिर्ष तीनमा रहनका लागि जारी सिरिजमा राम्रो नतिजा अपरिहार्य रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest