ओमान बिरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, टिममा छैन कुनै परिवर्तन

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले दोस्रो खेल अहिले ओमान सँग खेल्दैछ । जसमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाली टोलीले आजको खेलमा पनि हिजोकै टोलीलाई निरन्तरता दिएको छ।

नेपाली टोली– ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

नेपाललाई यो प्रतियोगिताको शिर्ष तीनमा रहनका लागि जारी सिरिजमा राम्रो नतिजा अपरिहार्य रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest