विश्वकप क्रिकेट लिग २: नेपाल र अमेरिकाबीच आज खेल हुँदै

आइसिसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्दै छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ : १५ मा शुरु हुनेछ ।

नेपालले यसअघि अमेरिका बिरुद्ध कुल तीन खेलमा सत्प्रतिशत जित हासिल गरेको थियो । विश्वकप क्रिकेट लिग २ अन्तर्गत दुइ खेल सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा र तेस्रो खेल यही मैदानमा गत सोमबार जितेको हो ।

राष्ट्रिय टोलीमा आज केही परिवर्तन हुने संकेत देखिएको छ । तिब्र गतीका गुल्शन झा डेबु गर्न सक्छन । यस्तै कुशल मल्लको ठाउँमा आरिस शेखले मौका पाउने आंकलन गरिएको छ ।

यस शृँखलाको पहिलो खेल अमेरिका र नेपाल बिच भएको थियो । अमेरिकाले पहिलो ब्याटिङ गर्दै २३० रन बनाएको थियो । मोनाङ्क पटेलको शतकीय पारि बावजुत नेपालले २३१ रनकाे लक्ष्य ४९ ओभरमा ५ विकेट को क्षतिमा पूरा गर्याे । नेपालका लागी युवा ब्याट्सम्यानहरु कुशल भुर्तेल र राेहितकुमार पाैडेलले अर्धशतकीय पारी खेलेका थिए ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ । सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

क्रिकेट लिग २ अन्तर्गत नेपालले ६ खेल खेलिसकेको छ । ३ खेलमा जित र ३ खेलमा हार बेहोर्दै, कुल ६ अङ्क का साथ नेपाल छैटौँ स्थानमा छ ।

ओमान २० अङ्क जोडेर शीर्ष स्थानमा छ । बिहिबार भएको ओमान बिरुद्धको खेलमा ४ विकेटको हार सँगै अमेरिका १२ अङ्कका साथ दोस्रो स्थानमा यथावत छ । स्कटल्यान्ड नौ अङ्कका साथ तेस्रो, नामिबिया आठ अङ्कसहित चौथो, युएई सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अङ्कविहीन रहँदै पुछारमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest