टस जितेर अमेरिका बलिङ गर्दै, नेपाली टिममा एक परिवर्तन

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले दोस्रो सिरिजमा अहिले अमेरिकासँग खेल्दैछ । जसमा अमेरिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

ओमान स्थित अल अमारत क्रिकेट मैदानमा नेपाली टिममा बिक्रम सोबको स्थानमा टिममा गुल्शन झाले स्थान बनाएका छन्।

नेपाली टोली– ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी र गुल्शन झा ।

नेपालले यसअघि अमेरिका बिरुद्ध कुल तीन खेलमा सत्प्रतिशत जित हासिल गरेको थियो । विश्वकप क्रिकेट लिग २ अन्तर्गत दुइ खेल सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा र तेस्रो खेल यही मैदानमा गत सोमबार जितेको हो ।

यस शृँखलाको पहिलो खेल अमेरिका र नेपाल बिच भएको थियो । अमेरिकाले पहिलो ब्याटिङ गर्दै २३० रन बनाएको थियो । मोनाङ्क पटेलको शतकीय पारि बावजुत नेपालले २३१ रनकाे लक्ष्य ४९ ओभरमा ५ विकेट को क्षतिमा पूरा गर्याे । नेपालका लागी युवा ब्याट्सम्यानहरु कुशल भुर्तेल र राेहितकुमार पाैडेलले अर्धशतकीय पारी खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest