स्टेभन टेलरको आक्रामक ब्याटिङ, नेपाल ६ विकेटले पराजित

स्टेभन टेलरले आक्रामक ब्याटिङ गरेपछि नेपालले विश्व क्रिकेट लिग-२ मा अमेरिकासँग ६ विकेटको हार ब्यहोरेको छ। ओमानमा शुक्रबार राति सम्पन्न खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाई भेट्टायो।

टेलरले ६३ बलमा १२ चौका र ३ छक्काको मद्दतमा ९२ रन जोडे। यस्तै मोनांक पटेलले ३८ र जस्करन मलहोत्राले ३६ रनको अविजित पारी खेल्दै अमेरिकालाई जित दिलाए।

नेपालका सन्दीप लामिछाने र करण केसीले समान २-२ विकेट लिए।

https://twitter.com/usacricket/status/1438908740032466948

यसअघी नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो । नेपालको ओपनिङ जोडी धेरै बेर टिक्न सकेन । तेस्रो ओभरको अन्तिम बलमा नेपालले पहिलो विकेट गुमाएको थियो । ३ रन बनाएर आशिफ शेख डेब्यु गरेका फिलिप्सको पहिलो सिकार भए ।

आशिफ आउट भएपछि ज्ञानेन्द्र मल्लले व्यक्तिगतरुपमा सम्हालिएर प्रदर्शन गरे पनि अर्को इन्डबाट लगातार विकेट पतनको श्रृंखला शुरु भएको थियो । नेपालले ५६ रन जोडेका बेला अर्का ओपनर कुशल भुर्तेल ३६ रन बनाएर पभेलिन फर्किएका थिए ।

भुर्तेल ४३ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गरेका थिए । तेस्रो विकेटको रुपमा रोहित पौडेल आउट भए । उनले २ रन जोडेर आउट हुँदा नेपालको स्कोर १४.३ ओभरमा ३–६३ भएको थियो । विनोद भण्डारी क्रिजमा आएपछि ज्ञानेन्द्रसँग मिलेर नेपालको पारि अघि बढाएका थिए ।

तर, विनोद पनि व्यक्तिगत १० रन बनाएर आउट हुँदा नेपालको स्थिती निकै कम्जोर थियो । यसपछी नेपालले ब्याटिङ क्रममा परिवर्तन गर्दै कुशल मल्लको साट्टोमा डेब्यु खेलाडी गुलसन झालाई पठायो । झा र मल्लले नेपालको स्कोर १०० रन कटाएका थिए । अमेरिकाविरुद्ध झाले सम्यमित पारि खेल्दै राम्रो प्रदर्शन गरेका थिए । १४० रन भएका बेला गुलसन झा व्यक्तिगत २८ रनमा आउट भए ।

उनले ५३ बल फेस गर्दा दुई चौका र एक छक्का प्रहार गरे । सोही स्कोरमा कुशल मल्ल पनि खाता नै नखोली आउट हुँदा नेपालले १४० रनको स्कोरमा छैटौं विकेट गुमाएको थियो । त्यसपछि सोमपाल कामी पनि २ रन जोडेर पभेलियन फर्किएका थिए ।

१५९ रनको स्कोर भएका बेला करण केसी पनि पभेलिनय फर्किएपछि नेपालले आठौं विकेट पतन भएको थियो । करण १२ रन बनाएर आउट भए । नवौं विकेटको रुपमा कप्तान मल्ल आउट भए । उनले ५५ रनको अर्धशतकीय पारि खेले । १०५ बल फेस गर्दा मल्लले ३ चौका प्रहार गरे ।

ज्ञानेन्द्र मल्लले नेपालका लागि एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउन पारस खड्काको ३१५ रनको रेकर्ड आफ्नो नाममा बनाए । पारसले सन्यास लिइसकेका छन् । उनले आज जोडेको ५५ रनसहित समग्रमा ३६६ रन बनाएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest