करण केसी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा ओमान १२१ मा समेटियो

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए । दुई खेलाडी परिवर्तनका साथ फिल्डिङ रोजेको नेपाली टोलीमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरआरिफ शेखले मौका पाएका छन । कुशल मल्ल र गुलशन झाको स्थानमा उनिहरु टिममा परेका हुन ।

पहिले ब्याटिङमा उत्रेकोको ओमान ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाउन सफल भयो । ओमानलाई सस्तैमा रोक्नका लागि नेपालका करण केसी र सन्दीप लामिछानेको बलिङ उत्कृष्ट रह्यो । यी दुई खेलाडीले ४३ रन हुँदा शुरुका ६ विकेट लिँदै ओमानी खेमामा दबाब बढाएका थिए ।

ओमानका लागि जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा जितन्दर सिंहले १३ तथा नसिम खुसीले १२ रन बनाए ।

टिमको स्कोर टिमको स्कोर १८ रन हुँदा ओमानले पहिलो विकेट गुमायो । नेपाल सँगको पहिलो खेलमा आक्रमक खेल खेलेका जतिन्दर सिंहलाई करण केसीले आउट गरेका थिए । करणले जतिन्दरलाई १३ रन बनाएका बेला आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पमेलियन पठाएका थिए । उनले १३ बल फेस गर्दा एक छक्का र एक चौका प्रहार गरे ।

दोस्रो विकेटको रुपमा ओमानले ३० रन जोड्दा सुफ्यान मोहमदलाई गुमाएको थियो । यससँगै ओमानका दुवै जना ओपनरलाई करण केसीले पभेलियन पठाएका थिए । उनी व्यक्तिगत चार रन बनाएका बेला करणले सुशन भारीबाट क्याच आउट गराएका थिए ।

ओमानले तेस्रो विकेट पनि लगत्तै गुमाउन पुग्यो । टिमको स्कोर ३० रन भएका बेला आयान खान ७ रन जोडेर आउट भए । उनको विकेट पनि करणको नाममा रह्यो ।

त्यसपछि नेपाली टिमले ओमानी खेलाडीलाई खुलेर खेल्न दिएको थिएन । १२ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका लेग स्पिनर सन्दीप लामिछानेले अन्तिम बलमा विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका थिए । ४३ रन भएका बेला उनले मोहमद नदीम (४) लाई एलबीडव्ल्यू आउट गर्दै पभेलियन पठाएका थिए ।

त्यसपछि १४ औं ओभरको खेलमा सन्दीप लामिछानेले लगातार २ विकेट लिएपछि नेपालले छैटौं सफलता हात पारेको थियो । टिमको स्कोर ४३ रन भएका बेला सुरज कुमार र नेस्टोर धाम्बा खाता नै नखोली पभेलियन फर्किएका थिए । त्यती बेला लामिछाने ह्याट्रीकमा रहेका थिए ।

नेपाललाई सातौं सफलता भने शरद भेषावकरले दिलाएका हुन् । ओमानको स्कोर ६४ रन भएका बेला शरदले व्यक्तिगत पहिलो ओभरको दोस्रो बलमा सन्दीप गौडको विकेट लिएका थिए । गौड ८ रन बनाएका बेला सुशन भारीको हातबाट क्याच आउट भए । पहिलो ओभर शरदले मेडन पनि राख्न सफल भए ।

ओमानको स्कोर २९.४ ओभरमा ८६ रन पुगेका बेला शरदले व्यक्तिगत दोस्रो तथा टिमका लागि आठौं सफलता दिलाए । शरदले नसिम खुसीलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । खुसी व्यक्तिगत २६ बल खेल्दै १२ रन बनाएर आउट भए । जसमा एक छक्का सामिल थियो ।

ओमानले ३३.३ ओभरमा १०० रन पुरा गरेको थियो । त्यतिबेला क्रिजमा मक्सुद र कलिमुल्लाह क्रिजमा रहेका थिए ।

नेपालका करण केसीले व्यक्तिगत चौथो विकेट लिँदा ओमानले नवौं विकेट गुमाएको थियो । ओमानका लागि सर्वाधिक रन बनाएका जिसन मक्सुदलाई करणले आउट गरेका हुन् । मक्सुद ४१ रनमा आउट हुँदा ६६ बल फेस गरेका थिए । उनले २ चौका र एक छक्का प्रहार गरे । नवौं विकेट गुमाउँदा ओमानको स्कोर १०६ रन भएको थियो । मक्सुदलाई विकेट किपर विनोद भण्डारीबाट क्याच आउट गराएका थिए । अन्तिम विकेटको रुपमा सन्दीप लामिछानेले विलाल खानलाई आउट गरेपछि ओमान ३७.१ ओभरमा १२१ रनमा रोकिन पुग्यो ।

नेपालका ६ खेलाडीले ओमानविरुद्ध बलिङ गरे । करण केसीले ८ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए । सोमपाल कामीले ५ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै १५ रन खर्चिए । सन्दीप लामिछानेले ८.१ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै १८ रन खर्चिएर ४ विकेट लिए । आरिफ शेखले ३ ओभरमा १४ रन खर्चिदा सुशन भारीले ७ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै २० रन दिएका थिए । छैटौं बलरको रुपमा आएका शरद भेषावकरले ६ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै २१ रन खर्चिएर २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest