इपीएलका लागि पुगेका अफ्रिदीले भने-‘नेपालमा खेल्न आउँदा निकै खुसी छु’

पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदी बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट खेल्नका लागि काठमाडौं आईपुगेका छन् ।

काठमाडौं किंग्स इलाभेनमा आवद्ध आफ्रिदी विहीबार अपरान्ह कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

उनलाई नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साह र ईपीएलका एमडी आमिर अख्तरले स्वागत गरेका थिए । विमानस्थलमा उनलाई स्वागत गर्नका लागि स्वतःस्फूर्तरुपमा क्रिकेट समर्थकहरु पनि पुगेका थिए ।

त्यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै अफ्रिदीले नेपालमा क्रिकेट खेल्न आउन पाउँदा निकै खुसी रहेको प्रतिक्रिया दिएका । नेपाली क्रिकेटबारे आफू जानकार रहेको बताउँदै पहिलो पटक काठमाडौं आएको र आफूलाई ल्याउनका लागि गरेको पहल प्रति काठमाडौं किंग्स इलाभेन टिमलाई पनि विशेष धन्यवाद दिए ।

शनिबारदेखि शुरुहुने ईपीएल आफ्ना लागि महत्वपूर्ण रहेको पनि उल्लेख गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest