महंगो रकममा ह्वाटमोर बरोडा क्रिकेट संघमा अनुबन्ध

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक डेभ ह्वाटमोर बारोड क्रिकेट संघमा अनुबन्ध भएका छन ।

ओमानमा भएको त्रिकोणात्मक सिरिजका बेला अचानक नेपाली क्रिकेट टिमबाट राजिनामा दिएका ह्वामोर बरोडा क्रिकेट संघमा क्रिकेट डाइरेक्टर तथा सिनियर टिमको मुख्य प्रशिक्षक भएर गएका छन ।

उनी शुक्रबार आधिकारीक रुपमा सो संघमा अनुबन्ध भएका हुन । भारतीय घरेलु टिमले पहिलो पटक मोटो रकम खर्च गरेर विदेशी प्रशिक्षक ल्याएको हो । बरोडाले ह्वाटमोरलाई एक सिजनको एक करोड भारतीय रुपैयाँ दिने भएको छ । त्यो भनेको नेपाली एक करोड ६० लाख रुपैयाँ हुन्छ ।

नेपाल क्रिकेट संघले ह्वाटमोरलाई खुल्ला छनोटबाट प्रशिक्षकमा नियुक्त गर्दा कुल १२ हजार डलर दिने बताइएको छ । तर आठ महिनामा नै उनी नेपाल छोडेर गएका हुन ।

उनको प्रशिक्षणमा नेपालले ६ वटा एकदिवसिय खेल खेलेको थियो । जसमा चार खेल जितेको थियो भने दई खेल हारेको थियो । यसका साथै घरेलु मैदानमा नै भएको त्रिकोणात्मक टी २० सिरिजको पनि उपाधि जितेको थियो ।

कोभिडका कारण राम्रोसँग काम गर्न नसकेका ह्वाटमोरले पारिवारिक कारण देखाएर नेपाल छोडेका थिए । तर नेपाल टिम छोडेको एक सातामा नै उनी मोटो रकममा अनुबन्ध गरेको बरोडा टिममा गएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest