पवनको अर्धशतकमा ललितपुरले काठमाडौंलाई दियो १५८ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिगको चौथो संस्करण आजबाट सुरु भएको छ । जसमा उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्सलाई एक सय ५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५७ रन बनायो ।

खराव सुरुवात गरेको ललितपुरले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका कप्तान कुशल भुर्तेल गोल्डेन डकआउट भए । ललितपुरको स्कोर तीन रन हुँदा दोस्रो विकेट झर्यो । उसका सन्दुल विराकोडी मात्र दुई रनमा आउट भए । त्यसपछि ओसादा फर्नान्डोपनि मात्र चार रनमा पेभेलियन फर्किदा ललितपुरले सात रनमा तेस्रो विकेट गुमायो ।

चौथो विकेटका लागि शंकर राना र पवन सराफविच ५६ रनको साझेदारी हुँदा ललितपुरको पारी सम्हालिएको थियो । तर शंकर राना १४ रनमा आउट भए । त्यसपछि योगेन्द्रसिंह कार्की र पवन सराफले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गरे । जसमा पवनले ६१ रनको पारी खेले । उनले ४४ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।

जारी इपीएलमा अर्धशतक बनाउँने पवन पहिलो खेलाडी बनेका छन । त्यसको लगत्तै योगेन्द्रसिंह कार्की पनि ब्यक्तिगत ३३ रनमा आउट भएपछि ललितपुरले छैटौं विकेट गुमायो ।

उसका लागि रासिद खानले मात्र एक रन बनाए । यस्तै नारायण जोशीले १२ रन बनाए भने रनजंग दोर्जीले १७ रनको योगदान गरे ।

बलिङमा जितेन्द्र मुखियाले चार विकेट लिए । उनले चार ओभरमा मात्र १६ रन खर्चिएर चार विकेट लिए । यस्तै गुल्सन झा र रायन बुर्लले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest