काठमाडौंद्वारा ललितपुर ७ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले जितका साथ प्रतियोगिता सुरु गरेको छ । उसले पहिलो खेलमा नै साविक विजेता ललितपुर प्याट्रियोट्सलाई सात विकेटले हरायो ।

काठमाडौंले १४ ओभर २ बलमा मात्र तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । काठमाडौंले पनि सुरुवात भने राम्रो गर्न सकेन । सात रनमा पहिलो विकेट गुमाएको काठमाडौंले १२ रनमा दोस्रो विकेट खेर फल्यो । उसका ओपनर सुवास खकुरेलले खाता खोल्न सकेनन् । यस्तै अमित श्रेष्ठपनि ब्यक्तिगत चार रनमा आउट भए ।

तेस्रो विकेटका लागि रहमानुल्लाह गुरबाज र रायन बर्लले अर्धशतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । जसमा गुरबाजले ३६ बलमा चार चौका र चार छक्काको मद्दतले ५९ रन बनाए । यस्तै रायनले आक्रामक ७३ रन बनाए । उनले ३४ बलमा तीन चौका र सात छक्का प्रहार गरे ।

यस्तै राजु रिजालले १९ रन बनाए । ललितपुरका लागि पवन सराफले एक विकेट लिएपनि बाँकी ५ बलरले खेलाडीले लिन सकेनन् । आजको खेलमा बुम बुम अफ्रिदीको ब्याटिङ हेर्न भने समर्थकले पाएनन् ।

कीर्तिपुर मैदानमा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५७ रन बनायो ।

खराव सुरुवात गरेको ललितपुरले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका कप्तान कुशल भुर्तेल गोल्डेन डकआउट भए । ललितपुरको स्कोर तीन रन हुँदा दोस्रो विकेट झर्यो । उसका सन्दुल विराकोडी मात्र दुई रनमा आउट भए । त्यसपछि ओसादा फर्नान्डोपनि मात्र चार रनमा पेभेलियन फर्किदा ललितपुरले सात रनमा तेस्रो विकेट गुमायो ।

चौथो विकेटका लागि शंकर राना र पवन सराफविच ५६ रनको साझेदारी हुँदा ललितपुरको पारी सम्हालिएको थियो । तर शंकर राना १४ रनमा आउट भए । त्यसपछि योगेन्द्रसिंह कार्की र पवन सराफले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गरे । जसमा पवनले ६१ रनको पारी खेले । उनले ४४ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।

जारी इपीएलमा अर्धशतक बनाउँने पवन पहिलो खेलाडी बनेका छन । त्यसको लगत्तै योगेन्द्रसिंह कार्की पनि ब्यक्तिगत ३३ रनमा आउट भएपछि ललितपुरले छैटौं विकेट गुमायो ।

उसका लागि रासिद खानले मात्र एक रन बनाए । यस्तै नारायण जोशीले १२ रन बनाए भने रनजंग दोर्जीले १७ रनको योगदान गरे ।

बलिङमा जितेन्द्र मुखियाले चार विकेट लिए । उनले चार ओभरमा मात्र १६ रन खर्चिएर चार विकेट लिए । यस्तै गुल्सन झा र रायन बुर्लले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest