भारत र इंग्ल्याण्डकाे स्थगित भएकाे एक टेष्ट २०२२ मा हुने

कोभिडका कारण अघिल्लो महिना अन्तिम समयमा स्थगित भएको भारत र इंग्ल्याण्डविच पाँचौ टेष्ट सन् २०२२ को समरमा हुने भएको छ ।

वल्ड ट्राफोर्डमा हुने भनिएको सो खेल अगाडी भारतीय टिमका मुख्य प्रशिक्षक रवी शास्त्री र एक जना ट्रेनरलाई कोभिड भएको थियो । जसका कारण खेल  नै स्थगित भएको थियो ।

अब यो खेल सन् २०२२ को समर महिनामा हुने बताइएको छ । यो खेल स्थगित भएपछि इंग्ल्याण्ड क्रिकेट बोर्डलाई आर्थिक रुपमा नोक्सानी भएको बताइएको छ ।

यसअघि यो टेष्टको सट्टा दुई वटा टी २० खेलाउने की भन्नेमा छलफल भएको थियो । तर अब २०२२ मा एक टेष्ट नै खेलाइने बताइएको छ ।

पाँच टेष्टको सिरिजमा भारत दुई एकले अगाडी छ । अहिले इंग्ल्याण्ड टिम एसेस सिरिजको तयारीमा रहेको छ ।

त्यो सिरिजको विस्तृत जानकारी क्रिकेट अष्ट्रेलियाले मागिरहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest