बिराटनगरले चितवनसामु १५२ रनकाे लक्ष्य

एभरेष्ट प्रिमियर लिगको दोस्रो दिनको पहिलो खेलमा बिराटनगर वारियर्सले चितवन टाइगर्सलाई एक सय ५२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बिराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५१ रन बनायो । उसका तीन खेलाडीले मात्र दोस्रो अंक जोड्न सके ।

खराव सुरुवात गरेको बिराटनगरले एक रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर आशिफ शेखले खाता खोल्न सकेनन् । यस्तै रायन पठान पनि मात्र चार रनमा आउट हुँदा बिराटनगरले ६ रनका दोस्रो विकेट गुमायो ।

त्यसका लगत्तै बिराटनगरले नौ रन हुँदा तेस्रो विकेट खेर फाल्यो । उसका चन्द्रपउल हेमराज मात्र दुई रनमा आउट भए । चौथो विकेटका लागि अनिल शाह र सिकन्दर राजाले ६१ रनको साझेदारी गरे । तर अनिल शाह ३२ रनमा आउट भएपछि बिराटनगरले ७० रनमा चौथो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका सुमित महर्जनले खाता खोल्न सकेनन् । कप्तान करण केसीपनि मात्र एक रनमा आउट हुँदा बिराटनगरले ७३ रनमा छैटौं विकेट गुमायो ।

विराटनगरको पारीलाई सम्हालेका सिकन्दर राजाले ६७ रन बनाए । उनले ४७ बलमा दुई चौका र सात छक्का प्रहार गरे । बिराटनगरका लागि विक्रम भुषालले सात रन बनाए भने प्रतिश जिसीले खाता खोल्न सकेनन् ।

यसका लागि सौरभ खनालले ३० रनको योगदान गरे । जसमा उनले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । बलिङमा सोमपाल कामी, कमल ऐरी, करिम जन्नत, सागर ढकालले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest