चितवनकाे राेमाञ्चक जित

एभरेष्ट प्रिमियर लिगमा चिवतन टाइगर्सले जितका साथ प्रतियोगितामा सुरुवात गरेको छ । उसले आफ्नो पहिलो खेलमा बिराटनगर वारियर्सलाई दुई विकेटले हरायो ।

जवाफमा करण केसीको कप्तानीमा रहेको विराटनगरविरुद्ध चितवनले २० ओभर ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
चितवनले पनि सुरुवात भने राम्रो गर्न सकेन । उसका ओपनर मोहम्मद सहजाद ब्यक्तिगत एक रनमा आउट भएपछि चितवनले ११ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि उसको स्कोर २३ रन हुँदा दोस्रो विकेट झर्यो । उसका इशान पाण्डे १० रनमा आउट भए । त्यसपछि भिम शार्की पनि ब्यक्तिगत ३० रनमा पेभेलियन फर्किएपछि चितवनले ५२ रनमा नै तेस्रो विकेट गुमायो । उसका लागि दिलिप नाथले २३ रन बनाए भने करिम जन्नतले १९ रनको योगदान गरे ।

यस्तै कप्तान सोमपाल कामीले नौ रनको योगदान गरे । चितवनले एक सय ४२ रन बनाउँदा ६ विकेट खेर फालेको थियो । अन्तिम ओभरमा चितवनलाई जितका लागि ५ रन आवश्यक थियो । तर अन्तिममा राजेश पुलामीले चौका प्रहार गर्दै टिमलाई पहिलो जित दिलाए । उनले ३९ बलमा दुई चौका र दुई छक्काको मद्दतले ४३ रन बनायो ।

बलिङमा बिराटनगरका सिकन्दर राजा र करण केसीले दुई दुई विकेट लिए । यस्तै प्रतिश जिसी र रायन पठानले एक एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बिराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५१ रन बनायो । उसका तीन खेलाडीले मात्र दोस्रो अंक जोड्न सके ।

खराव सुरुवात गरेको बिराटनगरले सुरुवात भने राम्रो गर्न सकेन । उसको स्कोर मात्र एक रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर आशिफ शेखले खाता खोल्न सकेनन् । यस्तै रायन पठान पनि मात्र चार रनमा आउट हुँदा बिराटनगरले ६ रनका दोस्रो विकेट गुमायो ।

त्यसका लगत्तै बिराटनगरले नौ रन हुँदा तेस्रो विकेट खेर फाल्यो । उसका चन्द्रपउल हेमराज मात्र दुई रनमा आउट भए । चौथो विकेटका लागि अनिल शाह र सिकन्दर राजाले ६१ रनको साझेदारी गरे । तर अनिल शाह ३२ रनमा आउट भएपछि बिराटनगरले ७० रनमा चौथो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका सुमित महर्जनले खाता खोल्न सकेनन् । कप्तान करण केसीपनि मात्र एक रनमा आउट हुँदा बिराटनगरले ७३ रनमा छैटौं विकेट गुमायो ।

विराटनगरको पारीलाई सम्हालेका सिकन्दर राजाले ६७ रन बनाए । उनले ४७ बलमा दुई चौका र सात छक्का प्रहार गरे । बिराटनगरका लागि विक्रम भुषालले सात रन बनाए भने प्रतिश जिसीले खाता खोल्न सकेनन् ।

यसका लागि सौरभ खनालले ३० रनको योगदान गरे । जसमा उनले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । बलिङमा सोमपाल कामी, कमल ऐरी, करिम जन्नत, सागर ढकालले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest