भैरहवा र पाेखराकाे खेलमा बर्षा ‘भिलेन’

एभरेष्ट प्रिमियर लिग अहिले भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजविचको खेल बर्षाका कारण नतिजाविहिन भएको छ । जसका कारण दुबै टिमले एक एक अंक बाढेका छन ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा मात्र १२ रन बनाउँदा महत्वपुर्ण ५ विकेट गुमाउन पुग्यो ।

उसका ओपनर रिचार्ड लेभी खाता खोल्न नपाउँदै आउट भएपछि पोखराले एक रन हुँदा पहिलो विकेट गुमायो ।

त्यसपछि उसको स्कोर नौ रन हुँदा दोस्रो विकेट गुम्यो । उसका बिपिन रावल ६ रनमा आउट भए । त्यसको लगत्तै कप्तान विनोद भण्डारीपनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किएपछि पोखराले नौ रनमा तीन विकेट खेर फाल्यो ।

पोखराको स्कोर १२ रन हुँदा लगातार दुई विकेट गुमायो । सुनील धमला ब्यक्तिगत एक रनमा आउट भएभने लोकेश बमले खाता खोल्न सकेनन् ।

पोखराको पारीलाई सम्हाल्ने प्रयास गरिरहेका असेला गुनरत्ने ब्यक्तिगत २३ रनमा आउट भएपछि टिम झन दबावमा पर्यो । उनले १६ बलमा २३ रन बनाए । जसमा दुई चौका र एक छक्का सामेल थियो ।

उसका लागि विवेक यादव १६ रनमा खेलिरहेका थिए । तर बर्षाले उनको पारीपनि त्यतिमा सिमित भयो ।

पोखराको स्कोर १० ओभर एक बलमा सात विकेटको अवस्थामा ६५ रन हुँदा भारी बर्षा भएपछि खेल रोकिएको थियो । तर बर्षाले खेल सुचारु हुन नसक्दा खेल नतिजा विहिन भयो । जसका कारण दुबै टिमले एक एक अंक बाँढे ।

बलिङमा युवा खेलाडी दुर्गेश गुप्तानले तीन विकेट लिए । उनले तीन ओभरमा एक मेडेनसहित १६ रन खर्चिएका थिए । यस्तै तुलबहादुर थापा, अभिनाश बोहरा र धमिका प्रशादले एक एक विकेट लिए ।

बर्षाका कारण भैरहवालाई भने घाटा भएको छ । यो खेलमा उसले सहज जितको अपेक्षा गरेको थियो । पोखरालाई एक अंकले पनि राहत नै भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest