काठमाडौं र विराटनगर वारियर्सबीचको खेल स्थगित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ ।

आइतबार अपरान्ह देखि परेको पानीका कारण मैदान चिसो भएपछि टस नै नभइ खेल स्थगित भएकाे हाे । विहान साढे ९ बजेदेखि शुरुहुनुपर्ने खेल मैदान चिसो भएपछि सञ्चालन हुन सकेन ।

जसका कारण आज तय भएको खेल अर्को दिन सञ्चालन गर्ने जनाइएको छ ।

योसँगै ईपीएलमा पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीको खेल हेर्न पुगेका समर्थकहरु भने निराश भएका छन् ।

काठमाडौंमा आवद्ध साहिद आजको खेलपछि पाकिस्तान फर्कने यसअघि नै तय थियो ।

आज उनी मैदान नउत्रिएरै पाकिस्तान फर्कने भएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest