चितवन र भैरहवाकाे खेलपनि स्थगित

एभरेष्ट प्रिमियर लिगमा बर्षाका कारण तेस्रो खेलपनि प्रभावित भएको छ ।

आइतबार भारी बर्षा हुँदा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सको खेल रद्द भएको थियो भने सोमबार विहान तय भएको काठमाडौं किंग्स ११ र बिराटनगर वारियर्सको खेल पनि हुन सकेन ।

आइतबार भारी बर्षाका कारण कीर्तिपुर मैदानको आउटफिल्ड भिजेकाले गिलो भएको भन्दै दुई घण्टा कुरेर अन्तिममा स्थगित भएको थियो । यो खेल अर्को दिन डे अफमा खेलाइने बताइएको छ ।

त्यसपछि दिउँसो फेरी बर्षा हुँदा कीर्तिपुर मैदानमा फेरी पानी जम्दा खेल हुन सकेन । टसको समय कुर्दै गर्दा बर्षा भएपछि खेल स्थगित गर्नुपर्ने अवस्था आएको हो ।

टसका लागि अम्पारले मैदानकाे निरिक्षण गर्दा अन्तिममा साँढे २ बजेकाे समय ताेकिएकाे थियाे । तर यहि बिचमा भारी बर्षा भएर मैदानमा पानी जमेपछि खेल रद्द गर्नुपर्याे ।

असोजको महिनामा पनि प्रतिकुल मौसमका कारण इपीएलमा त्यसका असर परेको छ । बर्षाले खेल नभएपछि त्यसको प्रत्यक्ष असर टिमको पोइन्ट टेबलमा परेको छ ।

पहिलो खेलमा पनि जितका लागि ठूलो संभावना बोकेको भैरहवाको खेल स्थगित हुँदा उसलाई घाटा भएको थियो भने सोमबार पनि उसकै खेलमा पानी पर्दा टिमलाई झन दबाव बढेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest