इपीएलमा अर्काे खेलपनि स्थगित

बेमौसमे बर्षाका कारण जारी एभरेष्ट प्रिमियर लिगलाई नराम्रो असर पारेको छ । बर्षाका कारण मैदान खेल्ने अवस्था नहुँदा इपीएलको लगातार चौथो खेल स्थगित भएको छ । मंगलबारपनि पोखरा राइनोज र काठमाडौं किंग्सको खेल हुन सकेन ।

आइतबार आएको भारी बर्षाले मैदानको आउटफिल्ड गिलो भएपछि सोमबार दुबै खेल स्थगित भएका थिए । फेरी सोमबार पनि भारी बर्षा हुँदा मैदान झन गिलो हुन पुग्यो । त्यसको असर मंगलबारपनि परेको छ ।

मंगलबार एक खेलमात्र थियो । जसमा पोखरा र काठमाडौं विच खेल हुने तालिका थियो । तर टस नै नभई खेल स्थगित भएको छ ।

आइतबार रद्द भएको खेलमा पोखरा र भैरहवाले अंक बाढेका थिए । तर सोमबार स्थगित भएका खेलहरुको नयाँ तालिका निकालिएको थियो । जसमा अक्टोबर एक तारिखमा काठमाडौं र बिराटनगर र अक्टोबर दुईमा चितवन र भैरहवाविच खेल हुने तय गरिएको छ ।

तर अब आज स्थगित भएको खेल कहिले हुन्छ भन्ने फेरी मिलाउनुपर्ने भएको छ । लगातार चार खेल नहुँदा इपीएलमा सबै टिमले आराम नपाउने भएका छन । अब हरेक टिमको एक एक दिनमा खेल्नुपर्ने बाध्यता आउने भएको छ । यसका साथै आयोजकलाईपनि ठूलो दबाब बढेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest